१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

फरार कैदीबन्दीबारे छानबिन गर्न समिति गठन

कान्तिपुर संवाददाता

विराटनगर — अस्पतालबाट फरार विराटनगर-८ स्थित मोरङ कारागारका दुई कैदीबन्दीको विषयमा अनुसन्धान गर्न प्रदेश १ प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ । 

प्रहरीका अनुसार उक्त कारागारमा लागूऔषध मुद्दामा हाल कैद भुक्तान गरिररहेका २८ वर्षीय मञ्जिल गुरुङ र बलात्कार मुद्दामा कारागारमा रहेका २८ वर्षीय राजकुमार हेमरम शनिबार बिहान ९ बजे विराटनगर-७ स्थित क्षयरोग अस्पतालबाट उपचारको क्रममा भागेका थिए । १३ असारदेखि हेमरम र १७ भदौदेखि गुरुङ उक्त अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ ।

साँझसम्म उनीहरू कतै फेला नपरेपछि प्रदेश प्रहरीका एसएसपी जयराज सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । यो समितिमा सुनसरीस्थित नेपाल प्रहरी प्रदेश कार्यालयका टोलीसमेत सामेल गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त समितिलाई १० दिनभित्र स्थलगत रुपमा घटनाको वास्तविकता एवं सत्यतथ्य बुझेर रायसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।

प्रदेश प्रहरी प्रवक्ता एसपी नवीनराज राईका अनुसार झापा कारागारमा रहेका उनीहरूलाई उपचारका लागि मोरङ कारागारमा स्थानान्तरण गरिएको थियो । झापा गाउँपालिका-५ का हेमरमलाई जिल्ला अदालतबाट २०७५ मा १६ वर्ष कैद सजायको फैसला भएको थियो । १० हजार रुपैयाँ धरौटी बुझाउन नसकेपछि जिल्ला अदालत झापाले गुरुङलाई २०७८ को ५ कात्तिकमा पूर्पक्षका लागि कारागार पठाएको थियो । उनी झापा गाउँपालिका–३ का बासिन्दा हुन् ।

प्रकाशित : आश्विन १५, २०७९ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?