गुड्दै गरेको बसमा आगो लाग्यो

डम्बरसिं राई

खोटाङ — काठमाडौंबाट दिक्तेल आउँदै गरेको बसमा आगलागी भएको छ । बा ३ ख ८९८१ नम्बरको गुड्दै गरेको बसमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडाँको कदुवामा शनिबार दिउँसो साँढे चार बजे आगलागी भएको हो ।

गुड्दै गरेको बसमा आगो लाग्यो

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक रामबालक रायका अनुसार गाडीको इन्जिनमा समस्या आएपछि कारण आगलागी भएको हो । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बस भने पूर्ण रुपमा क्षति भएको प्रत्यक्षदर्शी उमेश ढुङ्गानाले बताए ।

बसमा आगो लागेपछि आफूहरू निस्किएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका जगशेर राईले बताए । ‘बसमा उभिएर; बसेर खचाखच यात्रु थियौं‚’ राईले भने‚ ‘आगो लागेपछि भागभाग भयो ।’ प्रहरीले भने ३७ जना मात्र यात्रु भएको जनाएको छ ।

प्रकाशित : आश्विन १५, २०७९ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?