१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हतियार बुझाउन जिल्ला प्रशासन खोटाङको आग्रह

कान्तिपुर संवाददाता

खोटाङ — जिल्ला प्रशासन कार्यालय खोटाङले हतियार बुझाउन सूचना जारी गरेको छ । आगामी मंसिर ४ गते हने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न हतियार बुझाउन सुक्रबार सूचना जारी गरेको हो । 

सूचनाअनुसार आगामी कात्तिक ५ गतेभित्र इजाजत प्राप्त हतियार नजिकका प्रहरी कार्यालयमा बुझाउनु पर्ने उल्लेख छ । बुझाइएको हतियार निर्वाचन सम्पन्न भएको एक हप्तापछि फिर्ता गरिने प्रशासकीय अधिकृत उपेन्द्र राईले निकालेको सूचनामा उल्लेख छ ।


प्रकाशित : आश्विन १४, २०७९ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?