१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

फिदिमले फोहोरबाट जैविक मल बनाउने

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको सदरमुकाम फिदिम नगरपालिका क्षेत्रमा संकलन हुने फोहोरबाट जैविक मल उत्पादन गर्न सम्झौता भएको छ । जैविक मल उत्पादनका लागि नगरपालिका र हिमालय एग्रोएकोलोजी रिसर्च एन्ड डेभलपमेन्टबीच बुधबार सम्झौता भयो । सम्झौताअनुसार नगरपालिकाले जैविक मल उत्पादन गर्ने कारखाना खोल्न ५ रोपनी जग्गा, भवन र आवश्यक सामग्री उपलब्ध गराउनेछ । 

फिदिमले फोहोरबाट जैविक मल बनाउने

हिमालयन एग्रोएकोलोजीले जैविक मल उत्पादनका लागि जनशक्तिलाई तालिम, कर्मचारी व्यवस्थापन, उद्यमशीलताका लागि ५ जना स्थानीयलाई तालिम र अनुदानको व्यवस्था गर्ने पनि सम्झौतापत्रमा उल्लेख छ । उत्पादित मलको ब्रान्ड र बजारीकरण गर्ने दायित्व पनि हिमालयन एग्रोएकोलोजीले नै गर्ने फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए । सम्झौता अवधि २ वर्षको रहने बताइएको छ ।

सम्झौतापत्रमा फिदिम नगरपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत निर्मला दाहाल र हिमालय एग्रोएकोलोजी रिसर्च एन्ड डेभलपमेन्टकी अध्यक्ष माधवी मगरले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् । हिमालय एग्रो एकोलोजीले इलामको फिक्कलमा मुख्य कार्यालय स्थापना गरी १४ वर्षदेखि जैविक मल उत्पादन गर्दै आएको छ ।

फोहोरबाट मल उत्पादन गरेर बिक्री गर्दै रासायनिक मल उत्पादन गरिने कम्पनीले जनाएको छ । मल बिक्री गरेर भएको आम्दानी कृषि उद्यम र विकासका लागि खर्च गर्ने नगरपालिकाको योजना छ । नगरपालिकाले जैविक मल उत्पादन गर्न बजार क्षेत्रमा संकलन हुने फोहोरलाई कुहिने र नकुहिने छुट्याएर डम्पिङ गर्दै आएको छ । कम्पनीले २ वर्षपछि मल उत्पादन कारखाना नगरपालिकालाई हस्तान्तरण गर्नेछ ।

प्रकाशित : आश्विन १४, २०७९ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?