कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फिदिममा जैविक मल उत्पादन गर्न सम्झौता

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको सदरमुकाम फिदिम नगरपालिका क्षेत्रमा संकलन हुने फोहोरबाट जैविक मल उत्पादन गर्न नगरपालिका र हिमालय एग्रोइकोलोजी रिसर्च एन्ड डेभलपमेन्टबीच बुधबार सम्झौता भएको छ ।

फिदिममा जैविक मल उत्पादन गर्न सम्झौता

बुधबार गरिएको सम्झौता अनुसार नगरपालिकाले जैविक मल उत्पादन गर्ने कारखाना खोल्न ५ रोपनी जग्गा, भवन र आवस्यक सामग्री उपलव्ध गराउने छ ।

हिमालयन एग्रोइकोलोजीले जैविक मल उत्पादनका लागि जनशक्तिलाई तालिम, कर्मचारी व्यवस्थापन, उद्यमशिलताका लागि ५ जना स्थानीयलाई तालिम र अनुदानको व्यवस्था गर्ने पनि सम्झौतापत्रमा उल्लेख छ ।म

उत्पादित मलको बजार ब्राण्ड र बजारिकरण गर्ने दायित्व पनि हिमालयन एग्रोइकोलोजीले नै गर्ने फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले जानकारी दिए ।

सम्झौता अवधि २ वर्षको रहने बताइएको छ । सम्झौतापत्रमा फिदिम नगरपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत निर्मला दाहाल र हिमालय एग्रोइकोलोजी रिसर्च एण्ड डेभलपमेन्टकी अध्यक्ष माधवी मगरले हस्ताक्षर गरे ।

हिमालय एग्रोइकोलोजीले इलामको फिक्कलमा मुख्य कार्यालय स्थापना गरी १४ वर्षदेखि जैविक मल उत्पादन गर्दै आएको छ ।

कम्पनीले घरबाट निस्किने फोहोरबाट मल उत्पादन गरी बिक्री गर्ने र जैविक मल उत्पादन गर्ने जनाएको छ । मल बिक्री गरेर भएको आम्दानी कृषि उद्यम र विकासका लागि खर्च गर्ने नगरपालिकाको योजना छ ।

नगरपालिकाले जैविक मल उत्पादन गर्न बजार क्षेत्रमा संकलन हुने फोहोरलाई कुहिने र नकुहिने छुट्याएर डम्पिङ गर्दै आएको छ । कम्पनीले २ वर्षपछि मल उत्पादन कारखाना नगरपालिकालाई हस्तान्तरण गर्नेछ ।

प्रकाशित : आश्विन १२, २०७९ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?