१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

माओवादी पोलिटब्युरो सदस्य भण्डारीले दिए राजीनामा

रमेशचन्द्र अधिकारी

धनकुटा — नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हेमराज भण्डारीसहित केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु र धनकुटा जिल्लाका १ सय ५० सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् । 

माओवादी पोलिटब्युरो सदस्य भण्डारीले दिए राजीनामा

आइतबार आयोजित पत्रकार सम्मेलनमा पोलिटब्युरो सदस्य भण्डारी, केन्द्रीय सदस्य धनमाया विश्वकर्मा, प्रदेश समितिका सहसचिव ऋषिराम ढुंगाना, प्रदेश समितिका १४ जना सदस्य र जिल्ला सदस्यहरुले राजीनामा घोषणा गरे ।

आसन्न प्रतिनिधिसभा सदस्यका आकांक्षी भण्डारीलाई गठबन्धन दल र पार्टीले उम्मेदवार चयन नगरी उपेक्षा गरेकोले आफूहरुले यो कदम चालेको बताए । ‘गठबन्धनबाट तथा पार्टीबाट टिकट दिन बार‍म्बार प्रयास गर्दा सुनुवाइ भएन,’ उनले भने, ‘धेरै कार्यकर्तामा निराशा छाएको छ, पार्टीमा न्याय र विधि पनि अत्यन्त न्युन हुँदै गएकोले परिर्वतनका लागि लडेकाहरुको पनि भावनामा ठेस पुगेको छ ।’

भण्डारीले ११ दिन अगाडि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा दिएको बताए । जिल्ला समितिमा सल्लाह गर्दा सहयोग गर्ने जनाएपछि यो परिस्थिति आएको उनले प्रस्ट्याए ।

भण्डारीकै अगुवाइमा जिल्लामा स्वतन्त्र अभियान थालनी गर्ने घोषणा गरिएको छ । छलफल गरेर उम्मेदवार चयन गर्ने जानकारी दिइयो । नागरिक तह एवम् अन्य पार्टीका नेता, कार्यकर्तासँग संवाद गर्दै स्वतन्त्र अभियानको रुपमा अघि बढ्ने उनले जनाए । २०६४ को संविधानसभा निर्वाचनमा जितेका भण्डारी प्रभावशाली युवा नेता मानिएकाले अभियानले अर्थ राख्ने पार्टी त्यागेकी केन्द्रीय सदस्य विश्वकर्माको भनाइ थियो ।

प्रकाशित : आश्विन ९, २०७९ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?