प्रदेश १ मा मुख्य न्यायाधिवक्ता परिवर्तन- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ मा मुख्य न्यायाधिवक्ता परिवर्तन

देवनारायण साह

मोरङ — प्रदेश १ मा मुख्य न्यायाधिवक्ता परिवर्तन भएको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठको ठाउँमा ओखलढुंगाका कानुन व्यवसायी परिवर्तन राईलाई नियुक्त गरेका हुन् । 

प्रदेश सरकारका प्रवक्ता यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले कार्यव्यस्तताले मुख्य न्यायाधिवक्तामा बस्न नसकिने भनेर श्रेष्ठले राजीनामा दिएपछि राईलाई नियुक्त गरिएको बताए ।

प्रकाशित : आश्विन ९, २०७९ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्

नेपालका शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना : सिंह

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता प्रकाशमान सिंहले नेपालका शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले शिक्षालाई वर्तमान अवस्थामा आवश्यक प्रविधिसँग जोडेर अघि बढाउन जरुरी रहेको बताएका हुन् ।

१२ कक्षा पास भइसक्दा आफ्नो खुट्टामा नै उभिन सक्षम, आर्थिक रूपमा सबल हुन सक्ने, सीप बोकेको विद्यार्थी उत्पादन गर्नुपर्ने सिंहको भनाइ छ । आगामी शैक्षिक नीतिमा विद्यार्थीहरूलाई विद्यालयबाट बाहिर निस्किँदा क्षमतावान बनाउने कुरा समावेश हुने उनले दाबी गरे ।नेता सिंहले भने, ‘नेपालका शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बनेका छन् । त्यसैले अहिले शिक्षालाई हामीले वर्तमान अवस्थामा आवश्यक प्रविधिसँग जोडेर शिक्षलाई अघि बढाउनु पर्छ । १२ कक्षा पास भइसक्दा आफ्नो खुट्टामा नै उभिन सक्षम, आर्थिक रुपमा सबल हुनसक्ने, सीप बोकेको विद्यार्थी उत्पादन गर्नुपर्छ । नेपालको शिक्षाको गुणस्तरमा सुधार गर्नुपर्छ, बेरोजगारको समस्यालाई समाधान गरी विद्यार्थीहरुलाई विद्यालयबाट बाहिर निस्किँदा क्षमतावान बनाउनुपर्छ भन्ने नीति आउने नीतिमा जोड दिनेछौँ ।’

प्रकाशित : आश्विन ९, २०७९ १३:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×