कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

निलम्बित प्रधानन्यायाधीश जबरालाई नजरबन्दमा राख्नु गलत हाे : शेखर काेइराला

देवनारायण साह

माेरङ — नेपाली कांग्रेसका नेता शेखर काेइरालाले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरालाई सरकारले नजरबन्दमा राख्नु गलत भएकाे बताएका छन् । विराटनगरस्थित काेइराला निवासमा आइतबार सञ्चारकर्मीसँगकाे कुराकानीमा नजरबन्दमा राखेर सरकारले जबराकाे मानव अधिकार हनन गरेकाे उनले बताएका हुन् ।

निलम्बित प्रधानन्यायाधीश जबरालाई नजरबन्दमा राख्नु गलत हाे : शेखर काेइराला

जबराले सर्वाेच्च अदालतमा हाजिर हुने पत्र पठाएपछि सरकारले उनलाई प्रधानन्यायाधीश निवासमा नजरबन्दमा राखेकाे उनले बताए ।

´महाभियाेग लगाउने सांसदहरूकाे पदावधि समाप्त भइसकेकाे अवस्थामा महाभियाेग स्वत: निस्क्रिय भएकाे छ,' काेइरालाले भने, ´सदनमा ल्याएकाे विधेयक सांसदकाे पदावधि समाप्त भएपछि निष्क्रिय भएजस्तै महाअभियाेग पनि निष्क्रिय भएकाे हाे ।'

काेइरालाले अर्काे प्रसंगमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधान खारेज गर्ने प्रयास गरेकाे आराेप लगाए । उनले राष्ट्रपतिले गल्ती गरिरहेका बेला सरकार तथा दलहरूले महागल्ती गर्न नहुने बताए ।

प्रकाशित : आश्विन ९, २०७९ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?