१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रदेशभरि ४ हजार ९९ मतदान केन्द्र

प्रदेश १ मा प्रतिनिधिसभा निर्वाचन क्षेत्र २८ र प्रदेशसभा निर्वाचन क्षेत्र ५६ छन्
देवनारायण साह

मोरङ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेश १ स्थित १४ जिल्लाका ३३ लाख ९६ हजार ८ सय ६५ मतदाताका लागि १ हजार ८ सय ५२ मतदान स्थलमा ४ हजार ९९ मतदान केन्द्र निर्धारण गरिएको छ । प्रदेशमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र २८ र प्रदेशसभा निर्वाचन क्षेत्र ५६ छन् ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मुलुकभरिका जिल्लाहरूमध्ये सबैभन्दा बढी मतदाता यस प्रदेशस्थित मोरङमा ७ लाख ३५ हजार ५ सय २५ रहेको प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रदेश निर्वाचन अधिकारी लेवन कश्यप अधिकारीले बताए । उनका अनुसार ६ वटा प्रतिनिधिसभा र १२ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको मोरङमा ३ सय ६ मतदान स्थलमा ८ सय ३९ मतदान केन्द्र तोकिएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ र प्रदेशसभा निर्वाचन क्षेत्र १० वटा रहेको झापामा ६ लाख ६३ हजार ३ सय ११ मतदाताका लागि २ सय ८५ मतदान स्थलमा ७ सय ६६ मतदान केन्द्र तोकिएको छ । चार वटा प्रतिनिधिसभा र ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सुनसरीमा ५ लाख ४४ हजार ९ सय ४१ मतदाताका लागि १ सय ६६ मतदान स्थलमा ५ सय ९१ मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, यस प्रदेशस्थित पहाडी जिल्लामध्ये एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पाँचथरमा १ लाख ३८ हजार ९ सय ३२ मतदाताका लागि १ सय २ मतदान स्थलमा १ सय ७७ मतदान केन्द्र कायम गरिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ र प्रदेशसभा निर्वाचन क्षेत्र ४ वटा रहेको इलाममा २ लाख २४ हजार ८ सय ७७ मतदाताका लागि १ सय ५ मतदान स्थलमा २ सय ८५ मतदान केन्द्र तोकिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ र प्रदेशसभा निर्वाचन क्षेत्र २ वटा रहेको तेह्रथुममा ७१ हजार ९ सय ३३ मतदाताका लागि ५६ मतदान स्थलमा ९३ मतदान केन्द्र तोकिएको छ ।

एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको भोजपुरमा १ लाख २३ हजार ३ सय ७९ मतदाताका लागि ८७ वटा मतदान स्थलमा १ सय ५५ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । एउटा प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको धनकुटामा १ लाख १६ हजार ९ सय ९१ मतदाताका लागि १ सय १९ मतदान स्थलमा १ सय ६२ मतदान केन्द्र तोकिएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ र प्रदेशसभा निर्वाचन क्षेत्र २ वटा रहेको ओखलढुंगामा १ लाख १७ हजार ८ सय ९७ मतदाताका लागि ८४ मतदान स्थलमा १ सय ५३ मतदान केन्द्र निर्धारण गरिएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ र प्रदेशसभा निर्वाचन क्षेत्र २ वटा रहेको खोटाङमा १ लाख ४२ हजार ७ सय ९२ मतदाताका लागि १ सय ३६ मतदान स्थलमा १ सय ९४ मतदान केन्द्र तोकिएको छ । दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको उदयपुरमा २ लाख २८ हजार ९ सय ४६ मतदाताका लागि १ सय १ मतदान स्थलमा २ सय ६४ मतदान केन्द्र तय गरिएको छ ।

यस्तै, यस प्रदेशस्थित हिमाली जिल्लामध्ये एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा ८८ हजार २ सय ८५ मतदाताका लागि ७५ मतदान स्थलमा १ सय २३ मतदान केन्द्र निर्धारण गरिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ र प्रदेशसभा निर्वाचन क्षेत्र २ वटा रहेको संखुवासभामा १ लाख १७ हजार ५ सय ५४ मतदाताका लागि १ सय ८ मतदान स्थलमा १ सय ६२ मतदान केन्द्र तोकिएको छ । एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा ८१ हजार ५ सय २ मतदाताका लागि १ सय २२ मतदान स्थलमा १ सय ३५ मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित : आश्विन ८, २०७९ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?