कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

शरणार्थीको हत्या आरोपमा ९ पक्राउ

पर्वत पोर्तेल

झापा — झापाको दमक नगरपालिका-३ बेलडाँगीका ४४ वर्षीय एलबी भनिने लालबहादुर गुरुङलाई इलामको चुलाचुली गाउँपालिका-५ पकुवा भन्ने ठाउँमा हत्या गरेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बुधबार बेलुका ५ बजे १०/१२ जना अपरिचित व्यक्तिहरूले बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर बस्ने गुरुङलाई दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुल नजिकै धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए । आक्रमणपछि गम्भीर घाइते गुरुङको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटना सम्बन्धमा तत्काल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी उपरीक्षक दिलीप घिमिरेको कमाण्डमा परिचालन भएको प्रहरी टोलीले घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा चुलाचुली-४ इलामका २५ वर्षीय शिव हिङहाङ भनिने नरेन्द्र दर्जी, २९ वर्षीय झ्याम्ले भनिने नरेशकुमार याखा, २१ वर्षीय अभिषेक केरुङ, २० वर्षीय सेसे भनिने सेसेयाङ याखा, ३३ वर्षीय सन्तु भनिने चन्द्र कुमार यवा, ३५ वर्षीय डम्बर यवा, ३० वर्षीय टिका भनिने नरेन्द्र तुम्रोक, २६ वर्षीय बिक्रम हिङमाङ र २९ वर्षीय पर्शु राई समेत ९ जनालाई विभिन्न स्थानमा लुकीछीपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई घटनामा प्रयोग भएको दापसहितको खुकुरी, मृतकलाई हिर्काउन प्रयोग गरेका ढुंगाहरू तथा मृतकले प्रयोग गरेको को. १९ प ३७२५ नम्बरको मोटरसाइकलको दुबै चक्काको टायर काटी फालेको अवस्थामा फेला परी बरामद गरेको हो ।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घटना भएको ३ दिनअघि मृतक गुरुङले घटनामा संलग्न टीका भनिने नरेन्द्र तुम्रोकका भाइ सुजन तुम्रोकलाई कुटपिट गरेको र सोही घटनाको बदला लिन आरोपितहरूले कुटपिट गरी मार्नेसम्मको योजना बनाएको खुल्न आएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : आश्विन ७, २०७९ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?