कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

धरानमा स्पाइन सर्जनहरूको कार्यशाला

प्रदीप मेन्याङ्बो

सुनसरी — 'एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपाल' र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागको संयुक्त पहलमा शनिबार एकदिने स्पाइन वर्कसप (मेरुदण्ड उपचारको कार्यशाला) आयाेजना गरिएकाे छ । 

धरानमा स्पाइन सर्जनहरूको कार्यशाला

प्रतिष्ठानको अडिटोरियम हलमा सुरु भएको कार्यशालामा नेपाल भरिका प्रख्यात स्पाइन सर्जनहरूको सहभागिता रहेको आयोजक कमिटिका सचिवसमेत रहेका बीपी प्रतिष्ठानका हाडजोर्नी विभागका स्पाइन सर्जन प्राडा पशुपति चौधरीले बताए । उनका अनुसार स्पाइन सर्जरीमा करियर बनाउन चाहने यूवा हाडजोर्नी विशेषज्ञ तथा जुनियर रेजिडेण्ट चिकित्सकहरूलाई लक्षित गरेर धरानमा वर्कसप आयोजना गरिएको हो ।

उनले भने, ‘कार्यशालामा स्पाइन विषेशज्ञ चिकित्सकहरूले कार्यपत्र प्रस्तुत गरिरहेका छन् भने क्याडाभरिक (शव) मा ह्याण्ड अन ट्रेनिङ पनि गरिएकाे छ ।’

सडक दुर्घटनामा परी मेरुदण्डको हड्डी भाँचिने, नशामा चोट लागेर पक्षघात हुँदा मेरुदण्डमा जटिल समस्या उत्पन्न हुने भएकाले ती समस्याको उपचार गर्न आधुनिक चिकित्सा पद्दतिको ज्ञान दान प्रदान गर्न र नयाँ पुस्ताका चिकित्सकलाई हौसला दिन वर्कसप आयोजना गरिएको कार्यशालाका संयोजक तथा प्रतिष्ठानका हाडजोर्नी विभागका प्रमुख प्रा डा विक्रम प्रसाद श्रेष्ठले बताए ।

वर्कसपमा प्राडा रोहितकुमार पोखरेल, प्रा डा रविन्द्रलाल प्रधान, प्राडा विमल पाण्डे, प्राडा विनोद विजुक्छे, प्रा डा सुरज बज्राचार्य, प्राडा गौरवराज ढकाल, डा जितेन्द्र साह, डा अमित लिम्बू, डा रोशन कलवार, डा राजेश साह, डा व्यापक पौडेल, डा राजिव महर्जनलगायत नेपालभरिका १०० जना स्पाइन सर्जनको सहभागिता रहेको थियाे। मेरुदण्ड सम्बन्धी उपचारका बारेमा दुई दर्जन बढी वैज्ञानिक शोधपत्रहरू पनि प्रस्तुत गरिने वैज्ञानिक शोधपत्र संयोजक डा प्रमोद बरालले बताए ।

प्रकाशित : आश्विन १, २०७९ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?