कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

खोटाङमा डेंगुका १९ बिरामी 

डम्बरसिं राई

खोटाङ — जिल्लामा डेंगु शुक्रबारसम्म डेंगुबाट १९ जना बिरामी फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलका अनुसार जिल्ला अस्पतालमा उपचारमा आउने १९ जनामा डेंगु देखिएको हो ।

खोटाङमा डेंगुका १९ बिरामी 

डेंगु फैलिएपछि यसको नियन्त्रणका लागि जिल्लाका सबै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरुलाई बिहीबार तालिम दिइएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइँले बताए ।

सबै पालिका, विद्यालयलगायत विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रम सुरु गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले बताए ।


प्रकाशित : भाद्र ३१, २०७९ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?