१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

वडाध्यक्षले नै लगाए कार्यालयमा ताला

प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए चाबी
डम्बरसिं राई

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राजनीतिक प्रतिशोधले वडाको अधिकार खोसेको भन्दै वडा नम्बर ८ बुवालुङका जनप्रतिनिधिहरुले प्रमुख प्रशासकीय अधिकृतलाई शुक्रबार चाबी बुझाएका छन् ।

वडाध्यक्षले नै लगाए कार्यालयमा ताला

गैरकानुनीरुपमा वडाको अधिकार खोसको भन्दै वडाध्यक्ष लीलाकुमार चौहानलगायतले प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेललाई चाबी बुझाएका हुन् ।

वडा कार्यालयमा सञ्चालित योजनाहरुको भुक्तानी नदिएको, वडामा कर्मचारी नपठाएको तथा वडाको क्षेत्राधिकारभित्रको काममा हस्ताक्षेप गरेको भन्दै वडाका जनप्रतिनिधिहरुले गत शुक्रबार आफ्नै कार्यालयमा चाबी लगाएका थिए । त्यही चाबी एक सातापछि नगरलाई बुझाइएको हो ।

नगर प्रमुख तीर्थराज भट्टराईले भने चौहानको वडामा सञ्चालित अधिकांश योजनाहरु गुणस्तरहीन भएको भन्दै अख्तियारमा उजुरीको ओइरो गएकाले भुक्तानी गर्न नसकिएको बताए । कर्मचारी खटाइसकिएको प्रमुख प्रशाकीय अधिकृत पौडेलले बताए ।

प्रकाशित : भाद्र ३१, २०७९ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?