१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

धरानमा लुटपाट गरी वृद्धाको हत्या

प्रदीप मेन्याङ्बो

सुनसरी — धरान उपमहानगरको पहाडी भेगमा पर्ने विष्णुपादुकास्थित टोड्केस्थित एउटा घर लुटपाट गरी ६४ वर्षीया वृद्धाको हत्या गरेको खुलासा भएको छ ।

धरान वडा नं २० मा घरमा एक्लै बस्दै आएकी पूर्णिमा राईको हत्या भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । साथै राईका गहना पनि लुटपाट भएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

मंगलबार रातिको उक्त घटना बुधबार मात्रै सार्वजनिक भएको थियो । राईलाई आफन्तले तरकारी पुर्‍याउन जाँदा राईलाई मृत अवस्थामा देखेको बताइएको छ । मृतक वृद्धाका छोरा-बुहारी भने धरानको बजार क्षेत्रमा बस्दै आएका छन् ।

गर्धनमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको पाइएको पनि प्रहरीले जनाएको छ । उनले लगाएका डेढ तोला सुनको सिक्री लुटिएको र लकेट भने चुँडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले लुटपाटकै क्रममा लुटेराहरुले वृद्धाको हत्या गरेको अनुमान गरेको छ ।

प्रहरीले घटनामा संलग्नहरूको खोजी गरिरहेको जनाएको छ । उनको शव अहिले पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको छ ।

प्रकाशित : भाद्र २९, २०७९ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?