२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सुनसरीमा एकैदिन ६१ जना फरार प्रतिवादी पक्राउ

अर्जुन सुवेदी

सुनसरी — सुनसरी प्रहरीले एकैदिन ६१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीबाट खटिएको टोलीले मंगलबार एकै दिन ६१ जना फरार प्रतिवादीहरु पक्राउ गरेको प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

पक्राउ परेकाहरु अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका प्रतिवादीहरु रहेको प्रहरी उपरीक्षक ढकालले बताए । पक्राउ परेका सबैलाई आजै अदालतसमक्ष बुझाइएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को दुई महिनाको अवधिमा अदालतबाट कैद तथा जरिवाना तोकेका १ सय ३० जना फरार प्रतिवादीहरु पक्राउ गरी उनीहरुबाट २६ वर्ष ८ महिना ३ दिन कैद र ४ लाख २० हजार ३४ रुपैया जरिवाना असुल्न सफल भएको सुनसरी प्रहरी प्रमुख ढकालले जानकारी दिए ।

प्रकाशित : भाद्र २८, २०७९ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?