कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

खुल्यो अवरुद्ध मेची राजमार्ग

आनन्द गौतम

ताप्लेजुङ — माथिबाट पहिरो फुटेर पहिरो झरेपछि मंगलबार बिहानदेखि अवरुद्ध मेची राजमार्गको ताप्लेजुङ-पाँचथर सडक खण्ड दिउँसो एक बजेदेखि खुलेको छ । बिहान ८ बजेदेखि सुरु भएको पहिरो पन्छाउने काम दिउँसो सकिएसँगै एकतर्फी यातायात सञ्चालनमा आएको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले जानकारी दिए ।

ताप्लेजुङ र पाँचथर जोड्ने कावेली नदीमा बनाइएको पुल नजिकै पहिरो झरेको थियो । यो पाँचथरको हिलिहाङ गाउँपालिकामा पर्छ ।

५० मिटर जति लामो पहिरो झरेपछि सडकले स्काइभेटर मेसिन लगाएको थियो । दुईतिरबाट खोल्दा छिटो हुने भए पनि ताप्लेजुङतर्फबाट मेसिन लगाउने ठाउँ नभएकाले एकतर्फी प्रयोग गरेर खुलाइएको हो ।

बिहान छुटेका सवारी साधनहरू दिउँसोसम्म यहीँ रोकिएका थिए । यही ठाउँमा अब तत्काल अवरोध हुने अवस्था नभएको उप्रेती बताउँछन् ।

प्रकाशित : भाद्र २८, २०७९ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?