कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

विवादमा नपर्न सबै आकांक्षी सिफारिस

गत स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीविरूद्ध लागेको दोषारोपण खेपेका स्थानीय नेता मतकेन्द्रकै निर्णयको भरमा
आनन्द गौतम

ताप्लेजुङ — आसन्न निर्वाचनका लागि जिल्लाका मुख्य दलले सबै आकांक्षी  उम्मेदवार नै सिफारिस गरेर जिम्मेवारीबाट पन्छिएका छन् । प्रतिनिधि सभाका लागि नाम संकलन गरेको एमाले सचिवालय बैठकले सर्वसम्मत गर्न नसकेपछि सबैलाई सिफारिस गरेको पार्टी प्रवक्ता दीपेन्द्र पोमुले बताए ।

विवादमा नपर्न सबै आकांक्षी सिफारिस

एमालेले प्रतिनिधिसभाका लागि सचिव योगेशकुमार भट्टराई, जिल्ला इञ्चार्ज तिलकुमार मेन्याङवो, प्रदेश सह–इन्चार्ज टंक आङवोहाङ, केन्द्रीय सदस्य पासाङ शेर्पा र प्रदेश सदस्य रामप्रसाद सुवेदीको नाम अघि सारेको जिल्ला कमिटी अध्यक्ष भुपेन्द्र थेवेले जानकारी दिए । समानुपातिकतर्फ उर्मिला थेवे, लक्ष्मीबहादुर याक्सो, ओङदी शेर्पा, शिवकुमार गुरुङ र मिरा नेपालीको नाम छ ।

प्रदेश ‘क’ मा प्रत्यक्षतर्फ ११ जना बलबहादुर साम्सोहाङ, सन्तोष खतिवडा, अनन्तबहादुर साँवा, कुमार मादेन, भरत गुरुङ, हेमन्त उप्रेती, देउमान विष्ट, महेश गुरागाईं, गोपाल न्यौपाने, नर्वदा भण्डारी र सुनीता थापाको नाम सिफारिस गरेको छ । ‘ख’ मा गोपाल थोप्रा, मणी शंकर पोमु, चित्रगुप्त साँवा, होमकुमारी साँवा र त्रिवेणी चोङवाङ छन् ।

समानुपातिकका लागि निर्मला इजम, टीकादेवी सुवेदी, बुद्धिमान परियार, कोपिला नेपाली, सञ्चपाल मादेन, सूर्यबहादुर आङबुहाङ, गणेश कार्की ढोली, हिमालय विक्रम चाम्लिङ, छत्रवहादुर बिक, राजेश प्याकुरेल, मंगलसिं केदेम, टीकादेवी दाहाल, वीरबहादुर मावोहाङ, राधाकृष्ण पौड्याल, धर्मराज घिमिरे, हरिलाल ठकुरी, रामकुमार विश्वकर्मा र इन्द्रबहादुर शेर्पाको नाम सिफारिस गरेको एमालेले जनाएको छ ।

कांग्रेस ताप्लेजुङले प्रत्यक्षमा पाँच र समानुपातिकमा तीन आकांक्षीको नाम सिफारिस गरेको छ । सभापति गजेन्द्रप्रसाद तुम्याहाङसहित प्रत्यक्षतर्फ टीका गुरुङ, बलबहादुर तामाङ, प्रताप प्रकाश हाङगाम र मणि लामाको नाम अघि बढाइएको छ । समानुपातिकतर्फ लिलादेवी बोखिम, युवराज गुरुङ र शिला इजमको नाम छ । प्रदेश सभा ‘क’ का लागि प्रत्यक्षमा डिल्लीरमण बराल, लक्ष्मीप्रसाद भट्टराई र गोपाल गुरुङको नाम छ ।

समानुपातिकका लागि केशवप्रसाद दाहाल, पदमसुन्दर पालुङ्वा, रामप्रसाद कङ्लिवा र मंगल मेन्याङबो एवं महिलाबाट शिला इजम, मीना गुरुङ र मातृकादेवी प्रसाईंको नाम सिफारिस भएको क्षेत्रीय सभापति लक्ष्मी भट्टराईले बताए । दलितबाट सन्तोष पुर्कोटी परेका छन् । प्रदेशसभा ‘ख’ को प्रत्यक्षबाट क्षेत्रीय सभापति खगेनसिंह हांगाम, समानुपातिकमा पुरुषतर्फ इन्द्र केदेम, गणेशबहादुर चोङ्वाङ, तिलप्रसाद सुब्बा र टेकबहादुर साँवा र महिलाबाट गीता सेन्दाङ, कविता सुब्बा, नरमाया केदेम, कल्पनादेवी सिटौला र चन्द्रकला लिम्बूको नाम पठाइएको छ ।

माओवादीले प्रतिनिधिसभाका लागि जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षत्री (पराग), प्रदेश सदस्य लक्ष्मी अङछङबो र जिल्ला सहइञ्चार्ज मिङमा डन्डु शेर्पाको नाम अघि बढाएको छ । प्रदेशमा पनि उनीहरूकै नाम दोहोर्‍याइएको छ । प्रदेश ‘क’ मा पराग र बमबहादुर भट्टराई (तारा), ‘ख’ मा लक्ष्मी अङछङवो र मिङमाडण्डु शेर्पाको नाम परेको छ ।

जसपाले प्रतिनिधिसभा प्रत्यक्षमा निर्मला तावा, कुमार साम्यो र चन्द्र मादेन तथा समानुपातिकमा असिम पालुङवा, सेन्छेहाङ पोमु र सुजित ओख्राबु तथा प्रदेशको प्रत्यक्षमा कीर्तिमान मादेन, श्री लिंखिम र अमृत लिङ्देन र समानुपातिकमा सूर्य तमु, युगराज गुरुङ, कृतिमान मादेन, कर्ण पालुङवा, अशोक विक र सरस्वता सिंघकलाई सारेको छ ।

‘ख’ मा नविन मावोहाङ, सेन्छेहाङ पोमु, डिल्लीजंग साँवा प्रत्यक्ष र गौरी थलङ, प्रवीन चाम्लिङ, अञ्जना शेर्पा, निर्मला तावा र धनराज गुरुङ समानुपातिकमा छन् । राप्रपाले प्रतिनिधिसभा प्रत्यक्षमा राम कार्की र इन्द्र थापा तथा प्रदेशतर्फ ‘क’ मा चन्द्र थापा र रमेश न्यौपाने, ‘ख’ मा मनकुमार बेनम र ललित सुब्बा सावदेन सिफारिस गरिएको अध्यक्ष अमृत सावदिनले बताए ।

प्रतिनिधिसभाका लागि समानुपातिकबाट अमृत सावदेन, तेजबहादुर सुनुवार, निर्मला घिमिरे निरौला, डिल्ली विष्ट र लीला अधिकारी छन् । पार्टीलाई आन्तरिक विवादमा नपार्न र दोष आफुले नलिन पन्छिएको स्थानीय नेता नै बताउँछन् । ‘अब प्रदेशले निर्णय गरिहाल्छ नि,’ एमाले अध्यक्ष थेवेले भने, ‘मत विभाजन गरेर किन दोष लिनु भनेर पनि हो ।’

प्रकाशित : भाद्र २३, २०७९ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?