१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हात्तीको आक्रमणबाट झापामा वृद्धको मृत्यु

अर्जुन राजवंशी

बिर्तामोड — जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु भएको छ । मंगलबार बिहान १० बजे जंगली हात्तीले आक्रमण गर्दा बाह्रदशी गाउँपालिका १ का ८० वर्षीय देवीबहादुर अधिकारीको मृत्यु भएको हो । अधिकारीलाई स्थानीय मनकामना सामुदायिक वनभित्र हात्तीले आक्रमण गरेको थियो । 

हात्ती आक्रमणबाट गम्भीर घाइते अधिकारीको थप उपचारका लागि धरानतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले जानकारी दिए ।


प्रकाशित : भाद्र १४, २०७९ २२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?