कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

आगलागीमा परेर मोरङमा एकको मृत्यु

मोरङको सुन्दर हरैचा नगरपालिका–११ मा आगलागीमा परेर एकको मृत्यु भएको छ ।

इलाका प्रहरी बेलबारीका अनुसार बेलेपुरस्थित बालकृष्ण गिरीको काठ र टिनको दुई तले घरमा बुधबार राति १० बजे विधुत् सर्ट भएर आगो लाग्दा घरका कामदार कुमार श्रेष्ठको मृत्यु भएको हो ।

श्रवणशक्ति कम भएका श्रेष्ठले कानमा एयरफोन लगाएर संगीत सुनेर सुतेका कारण बाहिरबाट बोलाउँदा पनि थाहा नपाएका कारण आगलागीबाट बच्न नसकेको प्रहरीले बताएको छ ।


प्रकाशित : भाद्र २, २०७९ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?