टिपर दुर्घटनामा कटारीमा दुई युवकको मृत्यु- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टिपर दुर्घटनामा कटारीमा दुई युवकको मृत्यु

डिल्लीराम खतिवडा

उदयपुर — सिद्धिचरण राजर्मागको कटारी-घुर्मी खण्डअन्तर्गत कटारी नगरपालिका-८ कुरिभन्ज्याङमा मंगलबार टिपर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । कटारी बजारबाट सिमेन्ट बोकेर घुर्मीतर्फ जाँदै गरेको बा ४ ख ५६७१ नम्बरको टिपर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको हो । 


दुर्घटनामा परी कटारी नगरपालिका-८ पाखाटोलका ४५ वर्षीय नरबहादुर मगर र ४० वर्षीय मिरचिङकान्छा मगरको मृत्यु भएको प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए । दुर्घटनामा परी कटारी-८ कै ४० वर्षीय चन्द्रबहादुर मगर घाइते भएका छन् ।

उनको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक फुयाँलले बताए । सिमेन्ट बोकेर जाँदै गरेको टिपर उकालो चढ्न नसक्दा सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको स्थानीयले बताए ।

दुर्घटनापछि टिपर चालक कटारी-११ का घु्रव बस्नेत फरार छन् । उनको खोजी भइरहेका प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण ३१, २०७९ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्

प्रहरी समायोजन गर्ने प्रधानमन्त्रीको आश्वासनपछि मधेसको आन्दोलन स्थगित

कान्तिपुर संवाददाता

जनकपुर — प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेस सरकारले संघीय सरकारविरुद्धको आन्दोलन स्थगित गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह जनकपुर आएकै दिन मंगलबार प्रदेश सरकारले आन्दोलन रोकेको हो ।  

मुख्यमन्त्री लालबाबु राउतसँग महानिरीक्षक सिंहले भेटघाट पनि गरे । मधेस सरकारले आन्दोलन रोक्ने घोषणा गरेपछि मात्रै सिंहले राउतलाई भेटेका थिए ।

महानिरीक्षक सिंह प्रदेशस्तरीय अपराधन अनुसन्धान समीक्षा गोष्ठीमा सहभागी हुन जनकपुर आएका हुन् । उक्त कार्यक्रममा मधेसका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह सहभागी भएका थिए ।

मुख्यमन्त्री निवास मधेस भवनमा मंगलबार मुख्यमन्त्री लालबाबु राउतसँग भेट्दै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रतापसिंह बीच । तस्बिर : मुख्यमन्त्रीको सचिवालय

प्रदेश प्रमुखको कार्यालय अगाडि मधेस सरकारले तीन दिनदेखि धर्ना दिँदै आएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावछि अर्को गठबन्धनको सरकारले प्रहरी समायोजन गर्ने मौखिक आश्वासनको आधारमा प्रदेश सरकारले आन्दोलन फिर्ता लिएको हो । चुनावपछि बन्ने सरकारले प्रहरी समायोजन गर्छ भन्ने प्रधानमन्त्री देउवाले मौखिक आश्वासन दिएकाले आन्दोलन स्थगित गरेको मुख्यमन्त्री लालबाबु राउतले बताए ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले चुनावपछि प्रहरी समायोजन गर्ने सरकारले आफूकहाँ प्रतिबद्धता गरेको धर्नास्थलमा भएको पत्रकार सम्मेलनमा जानकारी दिए । प्रदेश गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहको नेतृत्वमा आन्दोलन सुरु गरिएको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण ३१, २०७९ १२:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×