कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

फरार संक्रमित कैदी पक्राउ

कान्तिपुर संवाददाता

विराटनगर — कोसी कोभिड अस्पतालमा उपचारका क्रममा फरार भएका संक्रमित कैदी शुक्रबार पुन: पक्राउ परेका छन् । 

कोरोना संक्रमण पुष्टि भएपछि कोभिड अस्पतालमा उपचार गराइरहेका लेनदेन मुद्दाका कैदी विराटनगर १८ का लक्ष्मण दास बिहीबार शौचालय जाने क्रममा सुरक्षाकर्मीलाई छलेर फरार भएका थिए ।

उनलाई शुक्रबार विराटनगर १४ बाट पुन: नियन्त्रणमा लिएको डिएसपी दिपक श्रेष्ठले बताए ।

प्रकाशित : श्रावण २७, २०७९ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?