उपभोक्तालाई ठगी गरेको भन्दै विराटनगरमा फार्मेसीविरुद्ध उजुरी- प्रदेश १ - कान्तिपुर समाचार

उपभोक्तालाई ठगी गरेको भन्दै विराटनगरमा फार्मेसीविरुद्ध उजुरी

कान्तिपुर संवाददाता

विराटनगर — यहाँको जलजला मोडमा रहेको अटल फार्मेसीले उपभोक्तालाई ठगी गरेको भन्दै कारबाहीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा उजुरी परेको छ ।

फार्मेसीले मधुमेहका बिरामीले प्रयोग गर्ने ह्युमन इन्सुलिन ३०/७० नामको खोप बिक्री गर्दा ३ सय ७४ रुपैयाँ बढी लिएको पाइएपछि पब्लिक फोरमले कारबाहीको माग गर्दै बिहीबार उजुरी दिएको हो ।

उक्त खोपको बजार मूल्य प्रतिखोप ६ सय २२ रुपैयाँ छ । तर अटलले ९ सय ९६ रुपैयाँमा बिक्री गरेको पुष्टि भएपछि कारबाहीका लागि वाणिज्य कार्यालयमा उजुरी गरिएको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए ।

फार्मेसीले नेपाली एमआरपी लेखिएको औषधिलाई भारतीय एमआरपीमा जोडेर सर्वसाधारणलाई बिक्री गर्दै आएको पाइएको छ । ढुंगेलले भने, 'उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ अनुसार कारबाहीको माग गर्दै उजुरी दिएका हौं ।'

प्रकाशित : श्रावण २७, २०७९ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्

फरार संक्रमित कैदी पक्राउ

कान्तिपुर संवाददाता

विराटनगर — कोसी कोभिड अस्पतालमा उपचारका क्रममा फरार भएका संक्रमित कैदी शुक्रबार पुन: पक्राउ परेका छन् । 

कोरोना संक्रमण पुष्टि भएपछि कोभिड अस्पतालमा उपचार गराइरहेका लेनदेन मुद्दाका कैदी विराटनगर १८ का लक्ष्मण दास बिहीबार शौचालय जाने क्रममा सुरक्षाकर्मीलाई छलेर फरार भएका थिए ।

उनलाई शुक्रबार विराटनगर १४ बाट पुन: नियन्त्रणमा लिएको डिएसपी दिपक श्रेष्ठले बताए ।

प्रकाशित : श्रावण २७, २०७९ १६:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×