गठबन्धन दलबाट छुट्टिएर आउनेलाई निर्वाचनमा सहभागी गराइन्छ : नेता ढकाल

रमेशचन्द्र अधिकारी

धनकुटा — नेकपा (एमाले)का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनमा गठबन्धनमा आबद्ध दल तथा नेताहरू आफ्नो पार्टीमा आएमा स्वागत गर्ने बताएका छन् । 

गठबन्धन दलबाट छुट्टिएर आउनेलाई निर्वाचनमा सहभागी गराइन्छ : नेता ढकाल

हिजो गरेका धोका र गलत कामलाई आश्वस्त गरेर मात्र होइन, जनताको विश्वास जितेर जानेलाई मात्र स्वीकार गर्न सकिने उनको भनाइ थियो ।

प्रेस चौतारी नेपालले धनकुटामा बुधबार आयोजना गरेको पत्रकार भेलामा नेता ढकालले अग्रगमनको पक्षमा रहेका पार्टी, व्यक्ति, सामाजिक अभियन्तासँग सहकार्य गरेर निर्वाचनमा जान सकिने बताए ।

यसैगरी फरक प्रसंगमा नेता ढकालले नागरिकता विधेयकमा एमालेको फरक मत रहँदारहँदै सरकारी पक्षले पास गरेको दाबी गरे । नागरिकता विधेयकमा परेको ४३ वटा संशोधनको प्रस्तावमध्ये ३८ वटा प्रस्ताव एमालेका सांसदले हालेको उनको भनाइ छ । सरकारले प्रधानन्यायधीशविरुद्धको महाभियोग पास गर्न नभई उनलाई काम गर्न नदिन र अन्य न्यायधीशलाई तर्साउन ल्याएको बताए ।

कार्यक्रममा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले आफ्नो कार्यकालमा सबै पार्टी तयार नभएकाले प्रदेशको नामकरण गर्न नसकेको बताए । अहिले नामकरण गर्ने ढोका वर्तमान मुख्यमन्त्रीले बन्द गरेको उनको आरोप छ । नामकरणको विषयमा अन्यौल रहे पनि एमालेले प्रयास जारी राखेको उनको कथन थियो । एमाले धनकुटाले बुधबार निर्वाचन केन्द्रित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । सोही कार्यक्रममा केन्द्रीय नेता तथा प्रशिक्षकहरू सहभागी छन् ।

प्रकाशित : श्रावण २५, २०७९ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?