१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सप्तकोसीको बाढीले विस्थापित भएका २ सय ५३ को उद्धार

डिल्लीराम खतिवडा

उदयपुर — सप्तकोसीले धार परिर्वतन गरी बस्तीमा पसेर जलमग्न भएको उदयपुरको बेलका नगरपालिका क्षेत्रका २ सय ५३ विस्थापितलाई अहिलेसम्म व्यवस्थित गरिएको छ । प्रभावित क्षेत्रमा अन्नबाली, पशुचौपाय र घर रेखदेख भन्दै सर्वसाधणले नछोड्दा उद्धार र राहत समेत प्रभावित भएको अधिकारीहरुले बताएका छन् ।

सप्तकोसीको बाढीले विस्थापित भएका २ सय ५३ को उद्धार

कोसीको बाढी पस्ने क्रम जारी रहेको र कुनैपनि बेला ठूलो दुर्घटना हुन सक्ने भन्दै नगरपालिकाले तेस्रो दिन आज पनि सर्वसाधणलाई प्रभावित क्षेत्रबाट बाहिर निकाल्ने प्रयास गरिरहेको छ ।

प्रभावित क्षेत्रका पीडितको पहिचान गरी आज बेलुकासम्म उद्धार गरिने नगर प्रमुख अशोक कार्कीले वताए । प्रमुख कार्कीका अनुसार नगरले पीडितका लागि व्यावस्था गरेको सुरक्षित बासस्थानमा अहिलेसम्म २ सय ५३ मात्रै रहेका छन् । अन्य विस्थापित आफन्तको शरण लिइरहेको कार्कीले बताए ।

प्रभावित क्षेत्रमा रहेको घरमा अन्नबाली, पशुचौपाया संरक्षण गर्ने भन्दै हिजो विस्थापित जबर्जस्ती फर्किएका थिए । उनीहरुलाई पनि बाहिर ल्याउने तयारी भइरहेको बताइएको छ ।

प्रकाशित : श्रावण २०, २०७९ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?