बढ्दै कोसीको बहाब, ४६ वटा ढोका खोलियो

अवधेशकुमार झा

राजविराज — सप्तकोसी नदीमा पानीको बहाब बढ्दो क्रममा छ । बुधबार साँझ साढे ६ बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाब भइरहेको सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिए ।

बढ्दै कोसीको बहाब, ४६ वटा ढोका खोलियो

उनका अनुसार कोसी ब्यारेजका ५६ मध्ये ४६ ढोका खोलिएको छ । कोसी नदी ओभरफ्लो भई उदयपुरको बेलाका नगरपालिका डुम्रीबोटेको बस्तीतर्फ सोझिए पनि ब्यारेजबाट पानीको बहाब कम भएको छैन ।

प्रहरी उपरीक्षक काफ्लेका अनुसार पानीको तीव्र बहाबका कारण कोसीको मध्य भागमा रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ गोबरगाढाको सामुदायिक भवन र विद्यालय भवन कटान गरी बगाएको छ । गोबरगाढामा अहिले २ सय ५० देखि ३ सय जना मानिस रहेको र उनीहरू सुरक्षित स्थानमा रहेको काफ्लेले जानकारी दिए ।

प्रकाशित : श्रावण १८, २०७९ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?