२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

मुसलले हानेर बाबुको हत्या

चन्द्र कार्की

तेह्रथुम — छथर गाउँपालिका–५ ओख्रे ठकुरीगाउँमा छोराले आफ्नै बुबालाई मुसल प्रहार गरी हत्या गरेका छन् । २४ वर्षीय छोरा टंक भण्डारीले ५३ वर्षीय बाबु भक्तहादुर भण्डारीलाई पिठो कुट्ने मुसल प्रहार गरी मंगलबार हत्या गरेका हुन् । 

मुसल प्रहारबाट गम्भीर घाइते भएका भक्तबहादुरको उपचारका क्रममा छथर उस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक निशान थापाले बताए ।

मृतकको शव पोर्टमाटमका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ । बाबुको हत्यापछि छोरा टंक फरार रहेको प्रहरीले जनाएको छ । घरायसी विवादका कारण छोराले बावुको हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण १७, २०७९ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?