कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकोप्टरमार्फत उद्धार

लक्ष्मी गौतम

पाँचथर — अत्यधिक रक्तश्राव भएकी पाँचथरको फालेलुङ गाउँपालिका ७ की २३ वर्षीया एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि कोसी अस्पताल विराटनगर पठाइएको छ ।

अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकोप्टरमार्फत उद्धार

पाठेघर बाहिर डिम्बबाहिनी नलीमा बसेको गर्भका कारण नली फुटेर रक्तश्राव हुँदा गम्भीर अवस्थामा पुगेकी जानुका ठटाललाई बिहीबार अपराह्न जिल्ला प्रशासन कार्यालयले हेलिकोप्टर झिकाएर विराटनगर पठाएको हो ।

गर्भ परीक्षणका क्रममा पाठेघर बाहिर बच्चा रहेकाले तत्काल उपचार गर्न सुझाइएको डाक्टर वरुण अग्रवालले जानकारी दिए ।

डा. अग्रवालका अनुसार डिम्बबाहिनी नलीमा बच्चा रहेको ती महिलाको स्वास्थ्य अवस्था एक साताअघिदेखि नै गम्भीर थियो । हेलिकोप्टर झिकाउन फिदिम नगरपालिका र जिल्ला प्रशासन कार्यालयले पहल गरेका थिए ।

प्रकाशित : श्रावण १२, २०७९ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?