कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

करेन्ट लागेर पाँचथरमा एक जनाको मृत्यु, एक घाइते

लक्ष्मी गौतम

पाँचथर — करेन्ट लागेर तुम्वेवा गाउँपालिकामा एक जनाको ज्यान गएको छ । घटनामा एक जना घाइते भएका छन् ।

अन्न पिस्ने मिलमा विद्युत् सट हुँदा करेन्ट लागेर तुम्वेवा–२ का ३८ वर्षीय जीवन मगरको ज्यान गएको हो । सोही मिलमा विद्युत् सट भएर करेन्ट लाग्दा स्थानीय ३५ वर्षीय पूर्णकुमार मगर घाइते भएका छन् ।

सोमबार दिउँसो २ बजे उनीहरुलाई अन्न पिस्ने क्रममा करेन्ट लागेको थियो ।

घाइते अवस्थामा उपचारका लागि बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा लगिएका जीवनलाई स्वास्थकर्मीले तत्काल मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पूर्णकुमारको सोही अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित : श्रावण १०, २०७९ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?