१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पहिरोमा अभिभावक गुमाएकालाई घर

लक्ष्मी गौतम

पाँचथर — असार १७ गते गएको पहिरोमा बाबु आमा गुमाएका पाँचथरको फालेलुङ ७ निवासी दुई जना बालबालिकालाई नेपाली सेनाको रणशेर गणले घर निर्माण गरिदिएको छ । गाउँपालिका र जनसेवा समाज पाँचथरसँग सहकार्य गरी गणले चिटिक्क परेका तीनकोठे घर निर्माणपछि हस्तान्तरण गरेको हो । 

पहिरोमा अभिभावक गुमाएकालाई घर

घर निर्माणका लागि नेपाली सेनाका १६ जना जनशक्तिले असार २७ देखि निरन्तर १२ दिनसम्म काम गरेका थिए ।

घर निर्माणका लागि गाउँपालिकाले जस्तापाता र काँटी तथा वडा कार्यालयले काठ र ढुंगाजस्ता सामग्री सामग्री सहयोग गरेको गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले जानकारी दिए ।

ढुंगा,बालुवा र काठ प्रयोग गरिएको घरमा सिमेन्ट प्लस्टर गरिएको छ । नवनिर्मित घर शुक्रबार एक कार्यक्रबीच हस्तान्तरण गरिएको छ ।

असार १७ गते राति अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले घर बगाउँदा फालेलुङ ७ का रुपलाल मगर, उनकी श्रीमती र भतिजी सविना मगरको ज्यान गएको थियो । त्यसपछि घरबारविहीन भएका छोरा प्रसन र छोरी करुणा मगरका लागि घर बनाउन नेपाली सेनाले सक्रियता देखाएको हो ।

घर निर्माणका लागि सेनाले सक्रियता देखाएपछि जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङ र परिवारबीच छलफल गर्दै निर्माण प्रक्रिया अगाडि बढाउन सहजीकरण गरेका थिए । निर्माणका लागि कुल १ सय १९२ जनशक्ति लागेको गणपति राउतले जानकारी दिए ।

घर निर्माणमा जनशक्ति बाहेक करिब डेढ लाख रुपैयाँ लगानी भएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : श्रावण ७, २०७९ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?