प्रदेश १ को नाम किरात राख्न माग गर्दै दिक्तेलमा प्रदर्शन

डम्बरसिं राई

खोटाङ — प्रदेश १ को नाम किरात हुनु पर्ने माग गर्दै दिक्तेल बजारमा शुक्रबार प्रदर्शन गरिएको छ । पहिचानको आधारमा किरात नाम राख्दा उपयुक्त हुने भन्दै किरात राई यायोक्खाले प्रदर्शन गरेको हो । दिक्तेलको किरातचोकबाट सुरु प्रदर्शन हाटडाँडा हुँदै भवनगैह्रा पुगेर टुंगिएको थियो । प्रदर्शनका क्रममा विभिन्न ठाउँमा कोणसभा गरिएको थियो ।

प्रदेश १ को नाम किरात राख्न माग गर्दै दिक्तेलमा प्रदर्शन

हाटडाडाँमा भएको कोणसभालाई नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्‌का अध्यक्ष फूर्बा शेर्पा, त्रिवेणीमा भएको कोणसभालाई केके राई, पुरानो बेस क्याम्पमा किरात खेलकुद संघका केन्द्रीय अध्यक्ष सन्जयकुमार राई, भवन गैह्रामा भएको कोणसभालाई सामाजिक अभियन्ता पर्खनबहादुर राई र किरात राई यायोक्खा खोटाङका अध्यक्ष हात्तिमराम राईले सम्बोधन गरेका थिए ।

वक्ताहरुले किरात भन्ने शब्द जाति नभई सभ्यता भएकाले यसै आधारमा प्रदेशको नाम पनि किरात राखिनु पर्ने माग गरे ।

प्रकाशित : श्रावण ६, २०७९ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?