कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अवैध सम्बन्ध र आर्थिक लेनदेनले हत्या

पर्वत पोर्तेल

काँकडभिट्टा — गत असार १२ मा स्थानीयले झापा अर्जुनधारा–४ मा सडक छेउको ह्यूम पाइपभित्र सडेको शव फेला पारेका थिए । बोरामा हालेर फालिएको शव फेला परेको एक साता पछि प्रहरीले हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

अवैध सम्बन्ध र आर्थिक लेनदेनले हत्या

प्रहरी टोलीले मृतकको साथमा फेला परेको भारतीय आधारकार्डको आधारमा भारतको गुजरातस्थित अहमदाबादका ४० वर्षीय जपडिया नरेश कुमार बाबु भाइ रहेको भन्ने खुल्न आएसँगै हत्यामा संलग्न आरोपी तीन जनालाई इलाका प्रहरी कार्यालय अनामनीले पक्राउ गरेको हो ।

प्रहरीको सुरुआती अनुसन्धान अनुसार अनैतिक सम्बन्ध र आर्थिक लेनदेनका कारण भारतीयको हत्या भएको देखिन्छ । ‘घटनाको विस्तृत अनुसन्धान सुरु भएको छ’, झापाका प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले भने,‘अवैध सम्बन्ध र आर्थिक लेनदेनको आशंका गरेका छौं ।’ प्रहरीले झापा अर्जुनधारा (७ की ३२ वर्षीया जानुका सुवेदी थापा, उनका पति ४९ वर्षीय बिर्ख बहादुर थापा र सुनसरी बराहक्षेत्र १० का २५ वर्षीय सुरेश परियारलाई पक्राउ गरेको हो ।

२०७६ मंसिरमा जानुका रोजगारीको क्रममा दिल्ली पुगेकी थिइन् । दिल्लीमा दुई महिना बिताएपछि उनी गुजरात पुगेकी थिइन् । करिब डेढ महिनाको बसाइका क्रममा जपडिया नरेश कुमारसँग जानुकाको चिनजान भएको थियो । केही समय नरेशकै छत्रछायामा बसेकी जानुकालाई २०७६ कै फागुन अन्तिम साता नरेश भारतको पानी ट्याङकीसम्म छाडेर घर फर्किएका थिए ।

सोही वर्षको चैततिर नरेशले जानुकाका बालबच्चाका लागि खेलौना तथा लत्ताकपडाहरू पनि पठाइदिएका थिए । जानुकासँगको चिनजान र निकटताका आडमा नरेश पटकपटक विराटनगर आउजाउ गर्न थालेका थिए । सोही क्रममा उनले जानुकाको घर निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग पनि गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

४ वैशाख, २०७९ मा विराटनगर सीमावर्ती रानीस्थित इलाका प्रहरी कार्यालयले अवैध ५९ हजार भारुसहित एक भारतीयलाई पक्राउ गरेको थियो । पक्राउ पर्ने नरेश नै थिए । उनी आन्तरिक राजश्व कार्यालयबाट धरौटीमा छुटेका थिए । तर तारेख भने धाइरहेका थिए । २०७९ जेठमा भने नरेश तारेख धाउने बहानामा भारतबाट आएर सोझै अर्जुनधारा–७ स्थित जानुकाको घर पुगेका थिए ।

त्यहाँ तीन दिन बिताएर फर्किने क्रममा पतिकै सामुन्ने जानुकामाथि दुर्व्यवहार गरेको र उक्त घटनापछि जानुका र उनका पतिले नरेशको हत्या योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गत असार ७ मा नरेश तारेख धाउनका लागि भारतबाट आएको मौका छोपेर हत्या गरिएको थियो । ८ असारसम्म जानुकाको घरमा आएर बसेका उनी ९ गते बिहान तारेखका लागि सुनसरीको इटहरी गएका थिए । उनी सोही दिन दिउँसो पुनः जानुकाको घर आइ बसेका थिए ।

नरेशको हत्या योजनाका लागि जानुकाले सुनसरीका सुरेश परियारलाई ५ लाख ‘सुपारी’ दिएकी थिइन् । त्यही योजना अनुसार असार ९ मा राति मार्तलले टाउकोमा प्रहार गरी हत्यापछि नरेशको शव बोरामा प्याक गरेर कल्भर्टमा फालिएको भेटिएको थियो । अभियुक्तहरूलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित : असार २०, २०७९ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?