दिक्तेलको जालपामा पहिरो जाँदा ६ परिवार विस्थापित

डम्बरसि राई

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपामा पहिरो जाँदा ६ परिवार विस्थापित भएका छन् । शुक्रबार राति परेको अविरल वर्षाका कारण जालपाको साबालुङमा ५ र घलेगाउँमा १ गरी ६ परिवार विस्थापित भएका हुन् ।

झरीले गाउँ चिराचिरा परेपछि साबालुङका रामीरा राई, शारदा राई, भीमबादुर राई, कर्णबहादुर राई र जीतबहादुर राई र घलेगाउँका धनबहादुरको परिवार विस्थापित भएको वडाध्यक्ष दानबहादुर राईले बताए । थप पहिरोको जोखिम बढेपछि साबालुङको बर्मालीघर टोलमा अस्थायी टहरा बनाएर उनीहरूलाई राखिएको स्थानीय प्रसाद राईले बताए ।

उनीहरूलाई प्लास्टिकको टनेल टाँगेर अस्थायी बसोबासको व्यवस्था मिलाइएको वडाध्यक्ष राईले जानकारी दिए । विस्थापितमध्ये रामीरा एकल महिला र शारदा अभिभावकविहीन हुन् । उनीहरूको आर्थिक अवस्थासमेत नाजुक रहेको वडाध्यक्ष राईले बताए ।

प्रकाशित : असार २०, २०७९ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्

२१४७ अंकसम्म पुगेको नेप्से अन्त्यमा ओर्लियो

कान्तिपुर संवाददाता

काठमाडौँ — सोमबार सेयर बजारको परिसूचक नेप्सेमा उतारचढाव देखिएको छ । २०९५ अंकबाट खुलेको बजार १:०७ बजे २१४७ अंकसम्म पुग्यो । त्यसपछि केही बेर उतारचढाव रहेको नेप्से १:४० बजेपछि ओर्लिन थाल्यो । अन्तत: अघिल्लो दिनको तुलनामा नेप्से ९.७५ अंकले घटेर २०७६ अंकमा बन्द भयो । 

नेप्से घटे पनि कारोबार रकमले छलाङ मारेको छ । कुल ४ अर्ब ३४ करोड रुपैयाँको कारोबार भयो । यो आइतबारको तुलनामा १ अर्ब ८६ करोडले बढी हो । आइतबार २ अर्ब ४८ करोडको काराेबार भएको थियो । कुल ७१ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने ६ को स्थिर रह्यो । बैंकिङ १, विकास बैंक ५२, फाइनान्स ६, होटल तथा पर्यटन ४६, जलविद्युत् १३, उत्पादन ४५, माइक्रोफाइनान्स ६० र अन्य उपसमूह २७ अंक घटे । ब्यापार १०४, निर्जीवन बीमा ४८ र जीवन बीमा ५५ अंक बढे । सीवाईसी लघुवित्त र ङादी ग्रुपको मूल्य १० प्रतिशत बढ्यो । सामलिङ पावरको मूल्य ७.७ र एसटीसीको मूल्य ६.८ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, एसियन लाइफ, अरुणकाबेली र माथिल्लो तामाकोसी क्रमश: अगाडि रहे ।


प्रकाशित : असार २०, २०७९ १५:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×