३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मोरङमा फिरौती रकम असुलेको आरोपमा दुई पक्राउ 

विराटनगर — डर देखाएर सर्वसाधारणसँग फिरौती रकम असुल्ने दुई जनालाई मोरङ प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे ६ घर भई विराटनगर ४ मा डेरागरी बस्ने गणेशकुमार कार्की र पथरी ६ का विशाल ऋषिदेव छन् ।

मोरङमा फिरौती रकम असुलेको आरोपमा दुई पक्राउ 

विराटनगर ३ का मुकेश शर्मालाई पथरी शनिश्चरे ६ घर भई विराटनगर ४ कञ्चनबारीमा डेरामा बस्ने ३९ वर्षीय कार्कीले जेठ ३१ गते चिठी पठाउनुका साथै पटक-पटक फोनबाट धम्की दिएर रकम मागेपछि शर्माले असार १७ गते आइएमईमार्फत २५ हजार रुपैयाँ रकम पठाएका थिए । मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार उक्त रकम पथरी शनिश्चरे ६ हसन्दहस्थित आइएमईबाट निकाल्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । फिरौती केका लागि मागिएको प्रहरीले खुलाएको छैन । ्

श्रेष्ठले यसबारे थप अनुसन्धान भइरहेको बताए ।


प्रकाशित : असार १८, २०७९ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?