कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

छुट्टाछुट्टै दुर्घटनामा दुई साइकल यात्रीको मृत्यु

सुम्निमा चाम्लिङ

इटहरी — सुनसरीका छुट्टाछुट्टै स्थानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका –१७ स्थित पकली चोकमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा रामधुनी नगरपालिका–५ का ७५ वर्षीय मंगलु चौधरीको ज्यान गएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ७७९६ नम्बरको बसले बाटो क्रस गर्दै गरेका साइकल यात्रीलाई ठक्कर दिँदा चौधरी घाइते भएका थिए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा साँझ ७ बजे उनको मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार नै इटहरी उपमहानगरपालिका–१२ चौकी मोड कोसी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार घर भई हाल इटहरीको रिलायन्समा कार्यरत ५० वर्षीय लालुप्रसाद विश्वास रहेका छन् । वाग्मती प्रदेश –०२–०३१ प ०६११ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्ने क्रममा साइकललाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका साइकल यात्री विश्वासको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा राति ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक काठमाडौं नागर्जुन नगरपालिका–८ का २६ वर्षीय सुभाष तामाङ र पछाडि सवार संखुवासभा सभापोखरी गाउँपालिका–६ का २५ वर्षीया शिखा लिम्बु घाइते भएका छन् ।

उनीहरूको खनारस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल प्रहरी चौकी खनारको नियन्त्रणमा रहेको छ ।

प्रकाशित : असार १८, २०७९ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?