पाँचथर पहिरो : बेपत्तामध्ये एक जनाको शव भेटियो

लक्ष्मी गौतम

पाँचथर — अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोमा पुरिएर बेपत्ता भएको पाँचथर फालेलुङ–७ का तीनमध्ये एक जनाको शव भेटिएको छ ।

पाँचथर पहिरो : बेपत्तामध्ये एक जनाको शव भेटियो

४२ वर्षीय रुपलाल मगरको शव फेला परेको घटनास्थल पुगेका पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । उनका अनुसार पहिरोमा परी बेपत्ता भएकी रुपलालकी ३८ वर्षीया श्रीमती गोमा मगर र १९ वर्षीया भतिजी एलिसा मगर अझै बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको पनि न्यौपानेले बताए ।

शुक्रबार राति १० बजेतिर पहिरोले घर पुरिएपछि उनीहरू बेपत्ता भएका थिए । उद्धारका लागि स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् । दलबहादुर मगरलाई भने शुक्रबार राति नै स्थानीयले सकुशल उद्धार गरेका थिए ।

प्रकाशित : असार १८, २०७९ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?