पोखरीमा डुबेर बालकको मृत्यु- प्रदेश १ - कान्तिपुर समाचार

पोखरीमा डुबेर बालकको मृत्यु

कान्तिपुर संवाददाता

काँकडभिट्टा — दक्षिणी झापाको कचनकवल गाउँपालिका ४ नयाँ बस्तीमा एक बालकको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।

स्थानीय भीमबहादुर लिम्बुका ११ वर्षीय छोरा रिसान लिम्बुको माछा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


प्रकाशित : असार १७, २०७९ ११:११
प्रतिक्रिया
पठाउनुहोस्

बाख्रा पालेर वर्षमै २० लाख नाफा

मलेसियाको आकर्षक जागिर छाडेर फर्किएका मोतीलालको फार्ममा बोयर, खरी र जमुनापारि जातका १२० बाख्रा
प्रकाश बराल

बागलुङ — मलेसियाको एक इलेक्ट्रोनिक कम्पनीको प्रबन्धक पद छाडेर फर्किएका बागलुङ बडिगाड गाउँपालिका–१ दगा गाउँका मोतीलाल वन यतिखेर गाउँमै बाख्रा स्याहार्दै छन् । विद्यालयको पढाइ सकेपछि उनले भारतमा गएर पढ्ने अवसर पाए । भारतको सिमला विश्वविद्यालयमा एमबीए गरेपछि उनी जागिरका लागि मलेसिया हानिए ।

उनी मलेसियाको एक इलेक्ट्रोनिक कम्पनीमा प्रबन्धक बने । आकर्षक तलबसहित प्रबन्धक भएर ४ वर्ष काम गर्दा राम्रै आम्दानी गरे । गाउँमै काम गर्ने चाहनाले उनलाई त्यहाँ बसिरहने मन भएन । अन्ततः प्रबन्धकको जागिरलाई पूर्णविराम दिए । ३६ वर्षीय उनी अहिले ग्रामीण बस्तीमा कृषि पेसा गरेर रमाएका छन् । उनको खोरमा अहिले १ सय २० बाख्रा छन् ।

बोयर, खरी र जमुनापारी जातका बाख्रा पालेका उनले वर्षको २० लाख रुपैयाँभन्दा बढी नाफा हुने बताउँछन् । भारत र मलेसियाका ठूला सहरमा बस्दा नपाएको खुसी र सन्तुष्टि गाउँमा बाख्रा पालेर पाएको उनले सुनाए । ‘सानैदेखि खेतबारीमै काम गर्ने चाहना थियो । मलेसियाको कम्पनीमा कुर्सीमा बस्न पाए पनि मलाई चित्त बुझेन,’ उनले भने, ‘कहिले घर फर्कौंला र बारी खनौंला, बाख्रा पालौंला भन्ने हुन्थ्यो ।’

मलेसियाबाट फर्केपछि उनले १० लाख रुपैयाँ लगानीमा ‘धर्मराज बाख्रा फार्म’ खोले । ५ वर्षमा लगानी बढाएर ४० लाख पुर्‍याइसकेका छन् । ‘तरकारी खेतीमा लाग्ने चाहना पनि थियो तर काठमाडौं चन्द्रागिरिलगायत विभिन्न स्थानमा फार्म देखेपछि मलाई पनि बाख्रा पाल्नमा मन गयो,’ उनले भने, ‘वर्षको ४० वटा बोयर बेच्न सके २० लाखभन्दा बढी फाइदा हुन्छ ।’ अहिलेसम्म उत्पादित बोयर गाउँमै बिक्री भइरहेको उनले बताए ।

बाबु धर्मराज, आमा नर्मती र श्रीमती भुमाले समेत उनलाई साथ दिएका छन् । ४ जना युवाले रोजगारी पाएका छन् । आफ्नै पाखोबारीबाहेक झन्डै २५ रोपनी जमिनभाडामा लिएका छन् । जहाँ नेपियर, सुपर नेपियर, किम्बु, भट्टमास, राइखन्यु, नेवारो र हाइब्रिड घाँस लगाएका छन् । बाबुछोराले भेटेरिनरी तालिमसमेत लिएकाले बाख्रालाई लाग्ने रोग तथा अन्य समस्याबारे पनि उनीहरू जानकार छन् ।

उनका अनुसार बंगलादेश र भियतनामबाट आँख्ला ल्याएर सारेको हाइब्रिड घाँसले उत्पादन दिन थालेपछि एक वर्षदेखि घाँस खोज्न टाढा जानु परेको छैन । ‘इन्टरनेटको जमाना छ, बजार खोज्न पनि कतै जानुपर्दैन,’ उनले थपे, ‘अधिकांश काम घरमा बसेरै भ्याएको छु ।’ उनको मिहिनेत देखेर विदेश गएका अन्य युवाले पनि गाउँ फर्केर कृषिमै लाग्न थालेको स्थानीय चूडामणि कँडेलले बताए । ‘म्यानेजरजस्तो पद छाडेर पनि कृषि पेसा गर्न सकिने रहेछ भनेर उनले गाउँलेलाइ सन्देश दिएका छन्,’ उनले भने, ‘यस्तो मिहिनेत गर्ने युवालाई हाम्रा संघसंस्था र सरकारले चिनेको छैन ।’ मोतीलालले अहिलेसम्म अनुदान र लगानीका लागि कतै माग पनि नगरेको बताए ।

उनले ५ वर्षमा बोयर र जमुनापारि जातका गरी ५ सय बोका बेचेको बताए । एउटै बोका ३ लाख रुपैयाँसम्ममा पनि बिक्री भएको उनले सुनाए । उनको फर्ममा २ वटा ४ लाख रुपैयाँका बोकासमेत छन् ।

मोतीलालका बाबुछोराले ५० घार मौरीसमेत पालेका छन् । सेरेना जातको मौंरी पालेर उनीहरूले थप कमाइ गरिरहेका छन् । ‘गाउँमा अर्ग्यानिक खाना खाने चलन छ, मह पनि धेरैको रोजाइँमा पर्छ,’ उनले भने, ‘हरियाली खेतबारी भएपछि मौंरी पनि सजिलै पाल्न सकिन्छ ।’ वर्षमा ३ क्विन्टल मह उत्पादन गरेर बेच्न सकेको उनले बताए । हरेक वर्ष सरदर ४० घार मौरी बेच्न सकेको उनले सुनाए । एउटा घार भरिने मौंरी १२ हजार रुपैयाँसम्ममा बेचेको उनको अनुभव छ ।

प्रकाशित : असार १७, २०७९ १०:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×