२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

झापामा मृत हात्ती भेटियो

पर्वत पाेर्तेल

काँकडभिट्टा — झापाको बुद्धशान्ति गाउँपालिका ५ को एक गाउँमा मृत अवस्थाको हात्ती फेला परेको छ । स्थानीय आयाबारी गाउँ नजिकै मरेको हात्ती स्थानीयले फेला पारेका हुन् ।

झापामा मृत हात्ती भेटियो

इलाका प्रहरी कार्यालय बुधबारेका प्रहरी नायव निरीक्षक अशोक कोइरालाले हात्तीको शरीरमा कुनै किसिमको चोटपटक नदेखिएका कारण हात्तीको मृत्युबारे अनुमान गर्न नसकिने जनाए ।

उनले भने, ‘उक्त ठाउँमा विद्युतीय तारबारसमेत नभएकाले करेन्ट लागेर मरेको अनुमान पनि गर्न गाह्रो छ ।’

उनले विज्ञहरू आएपछि मात्रै हात्तीको मृत्युको कारण पत्ता लाग्ने जानकारी दिए । शुक्रबार बिहान डिभिजन वन कार्यालयको टोली हात्ती मरेको स्थानमा जाँदै गरेको बुझिएको छ । मृत हात्ती भारतबाट आएको नभएर नेपालकै रैथाने भएको स्थानीयहरूले आकलन गरेका छन् ।

झापासहित तराइका कतिपय जंगलछेउका बस्तीमा वर्षौंदेखि मानव–हात्ती द्वन्द्व जारी छ । यस द्वन्द्वमा वर्षेनि मान्छे र हात्ती दुवै मारिने गरेका छन्। डिभिजन वन कार्यालय झापाका अनुसार पछिल्लो १५ वर्षमा ५३ जना मान्छे र १३ वटा हात्तीको मृत्यु भइसकेको छ ।

प्रकाशित : असार १७, २०७९ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?