३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

बालिका बलात्कार आरोपमा १६ वर्षीय किशोर पक्राउ

डम्बरसिं राई

खोटाङ — पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ परेका छन् ।

कपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा स्थानीय १६ वर्षीय किशोर पक्राउ परेका हुन् ।

निज युवकले बालिकालाई मंगलबार बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ । साथै बिहीबार बिहान उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान बढाइएको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए । दोषी ठहर भए बाल सुधारमा पठाइने लम्सालले जनाए ।

प्रकाशित : असार १७, २०७९ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?