स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु, रंगेली तनावग्रस्त

विनोद भण्डारी

मोरङ — आफनै स्कुलको बसले किचेर विद्यार्थीको मृत्यु भएपछि मोरङको पुरानो सदरमुकाम रंगेली बजार मंगलबार अपरान्ह तनावग्रस्त बनेको छ । रंगेली नगरपालिका–७ स्थित माउन्ट मकालु बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले किच्दा एलकेजीमा पढने ५ वर्षीय बालक ऋतिक मण्डलको घटनास्थलमै मृत्यु भएको थियो । 

स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु, रंगेली तनावग्रस्त

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार बसले एलकेजीमा पढने पाँच वर्षीय ऋतिक र सनमकुमारी मण्डललाई किचेको थियो । सनम सख्त घाइते छिन् । उनको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । मृतक ऋतिक रंगेली–७ का महादेव मण्डलका छोरा र घाइते सनम रंगेली ६ नरेश मण्डलकी छोरी हुन् ।

विद्यालय छुट्टी भएपछि उक्त बसले विद्यार्थी लिन विद्यालय परिसरमा आउँदै गरेको अवस्थामा दुई बालबालिकालाई किचेको थियो । घटनापछि आक्रोशित स्थानीयले विद्यालयका दुईवटा बस तोडफोड गरेका छन् । साथै रंगेली–भद्रपुर हुलाकी मार्ग अवरुद्ध गर्दै सयौं स्थानीयले विद्यालय घेराउ गरेका छन् । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको बताए पनि नाम खुलाएको छैन ।

प्रकाशित : असार १४, २०७९ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?