२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

मोरङको गछिया खोलाको बाढीमा एकको शव फेला

काठमाडौँ — मोरङको सुन्दर हरैचा नगरपालिका–६ गछिया खोलाको बाढीमा एक जना पुरुषको शव फेला परेको छ ।

गछिया खोलाले मंगलबार बगाएर ल्याएको शव ५८ वर्षीय रामबहादुर विकको रहेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । सोमबार बेलुकादेखि हराइरहेका विकलाई मंगलबार बिहान स्थानीयहरुले बाढीमा मृत फेला पारेका हुन् ।

सोमबार रातिको पानीको कारण झापा, सुनसरी र मोरङका विभिन्न स्थानमा बाढी आउनुका साथै बस्ती तथा घर डुबानमा परेका छन् ।


प्रकाशित : असार १४, २०७९ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?