कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

झापाका २ सय घर डुबानमा

पर्वत पाेर्तेल

झापा — झापाका २ सयभन्दा बढी घर डुबानमा परेका छन् । मेची, रतुवा, मावा, कमल, कन्काई लगायतका नदीमा पानीको सतह बढेसँगै यहाँका बस्ती र घर डुबानमा परेका हुन् ।

झापाका २ सय घर डुबानमा

जिल्ला प्रहरी कार्यालयलाई प्राप्त विवरण अनुसार हालसम्म यहाँका २ सय ५ घर डुबानमा परेका छन् ।

प्रहरीका अनुसार गौरादह–६ तेलिया डाँगीमा रतुवा खोला पसेर बाढी आएको हो । यहाँका ४ र ५ नम्बर वडाका ५० घर डुबानमा परेका छन् । त्यस्तै भद्रपुरमा २५ घरमा बाढी पसेको छ । शिवसताक्षीका ३ र ४ नम्बर वडामा कमल खोला पसेर ४० घर डुबानमा परेका छन् भने झापा–१ मिलनबस्तीका ९० घर डुबानमा परेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बर्खा लागेसँगै यहाँका सबैजसो नदी र खोलमा पानीको सतह बढेकोका कारण बस्तीहरु जोखिममा परेका छन् ।

प्रकाशित : असार १४, २०७९ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?