कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

संखुवासभाको खाँदबारी बजार अनुगमन

दीपेन्द्र शाक्य

संखुवासभा — खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले संखुवासभाको खाँदबारी बजार अनुगमन गरेको छ । आइतबार ७ वटा खाद्य पसल, २ बेकरी उद्योग र १ आँप सप्लायर्सको पसल अनुगमन गरेको हो । 

संखुवासभाको खाँदबारी बजार अनुगमन

अनुगमनका क्रममा विभिन्न खाद्य पसलबाट म्याद नाघेका, बिग्रिएका, ढुसी लागेका, लेबल विवरण नभएका खाद्यवस्तु भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका कार्यालय प्रमुख अनुप हलवाईले बताए ।

त्यस्तै मसलाजन्य पदार्थ, जुस, बिस्कुट, सुजी, पिनट बार,सोनपापडीलगायत करिब बयानब्बे हजार रुपैयाँ बराबरको खाद्यपदार्थ जफत गरी नष्ट गरिएको हलवाईले जनाए ।

उपभोक्ता स्वयंले समेत खाद्य तथा पेय पदार्थ खरिद गर्दा अनिवार्य लेबल हेरी म्याद कायम भएका मात्र खरिद गर्ने, दूषित‚ ढुसी लागेका खाद्यपदार्थ खरिद नगर्ने; खाद्य पदार्थको स्वच्छतामा ध्यान दिएर मात्र उपभोग गर्नुपर्ने उनले बताए ।

प्रकाशित : असार १२, २०७९ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?