कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु, तीन घाइते

लक्ष्मी गौतम

पाँचथर — मेची राजमार्गको इलाम फिदिम सडकखण्डअन्तर्गत पाँचथरको फाल्गुनन्द ३ पाङग्रेभीरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु, तीन घाइते

आइतबार अपराह्न ४:२० मा झापाको बिर्तामोडदेखि पाँचथरको फिदिम आउँदै गरेको मे १ ज २७८४ नम्बरको कार अनियन्त्रित भई सडकबाट सात सय मिटर तल खस्दा कारका चालक झापा जलथल ५ निवासी ४५ वर्षीय प्रकाश बुढाथोकीको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा कारमा सवार पाँचथर फालेलुङ २ का ३६ वर्षीय भिष्म केरुङ घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेकाले उपचारार्थ झापामा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

यस्तै पाँचथरको मिक्लाजुङ गाउँपालिका केन्द्र रबिबाट झापाको दमकतर्फ बिरामी लिएर जाँदै गरेको मे १ ज ४८७ नम्बरको बोलेरो सडकबाट एक सय ५० मिटर तल खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा मिक्लाजुङ-५ का ६५ वर्षीय हिमप्रसाद लावती र उनकी ५७ वर्षीय श्रीमती पदमकुमारी लिम्बू, इलाम माङसेवुङ २ बस्ने ५० वर्षीय प्रकाश राईको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटना माङसेवुङ-२ दहगाँउमा भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार बोलेरोमा तीन जना मात्रै सवार थिए ।

प्रकाशित : असार १२, २०७९ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?