इलाममा जिप दुर्घटना, ३ जनाको मृत्यु

विप्लव भट्टटराई

इलाम — माङसेबुङ गाउँपालिका २ दहगाउँमा यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका ५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र इलामको माङसेबुङ गाउँपालिका ६ का ५० वर्षीय जयकुमार राई छन् । 

इलाममा जिप दुर्घटना, ३ जनाको मृत्यु

आइतबार मध्याह्न १२ बजे पाँचथरको रबिबाट झापाको दमकका लागि छुटेको मे १ ज ४८७ नं. को जिप सडकबाट करिब २ सय मिटर तल झरेको थियो । दुर्घटनामा परी हिमप्रसाद र प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने पदमकुमारीको उपचारका लागि दमक अस्पताल लाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । चालक समान्य घाइते छन् ।

हिमप्रसादले रिजर्भ लिएर बुलेर झापाको दमकतर्फ लिएर गएका थिए । जयकुमार भने माङसेवुङको रक्सेमा मलामी जानका लागि त्यही गाडीमा चडेको माङसेवुङ २ स्थित प्रहरी चौकीले जनाएको छ ।

प्रकाशित : असार १२, २०७९ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?