गोलियाले किच्दा युवकको मृत्यु

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको फाल्गुनन्द गाउँपालिका ७ बरबोटेमा काठको गोलियाले किचेर १८ वर्षीय युवकको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा स्थानीय राजेश आङदेम्वे रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बजारमा बिक्रीका लागि पठाउन लागिएको गोलिया पल्टाउने क्रममा आङदेम्वेलाई किचेको थियो । घटनास्थलमै ज्यान गुमाएका आङदेम्वेको शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) राकेश थापाले जानकारी दिए ।

प्रकाशित : असार ११, २०७९ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?