१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पोखरीमा डुबेर दुई किशोर सिकिस्त

धनकुटा — धनकुटा नगरपालिका ६ पात्ले खोलास्थित एक पोखरीमा डुबेर शनिबार मध्याह्न दुई किशोर घाइते छन् ।

धनकुटा एग्रो टुरिजम एन्ड फनभ्यालीमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा ५ का १५ वर्षीय स्वर्णीम राई र धनकुटा २ घर भई धनकुटा ७ मा डेरा गरी बस्ने उदय राई घाइते भएको प्रहरीले जनाएको छ ।

दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुवै बालकको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

उदय राईको जन्मदिन मनाउन साथीहरूसँग उक्त स्थानमा गएर पौडी खेल्ने क्रममा पोखरीमा डुबेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए । पौडी खेलेको केही बेरमै दुवै जना डुबेपछि आफूले स्थानीयलाई खबर गरेको प्रत्यक्षदर्शी सुदेश राईले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ११, २०७९ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?