जुट उद्योगमा मेसिनले हात काटिएर मजदुरको मृत्यु

मोरङ — विराटनगरस्थित रघुपति जुटमिलमा मेसिनले हात काटिएर एक जनाको मृत्यु भएको छ । जुटमिलमा मेसिन अपरेटरको काम गर्दै आएका विराटनगर १४ का ४२ वर्षीय राजो कामतको मृत्यु भएको हो ।

मिलमा बिहीबार राति १० बजे काम गर्ने क्रममा कामतको बाँया हातको कुमबाटै काटिएर घाइते भएको र तत्काल उपचारका लागि विराट नर्सिङ होम ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले बताए ।

उनले घटनाको अनुसन्धान भइरहेको र अनुसन्धानपछि मात्रै वास्तविक तथ्य बाहिर आउने बताए ।

प्रकाशित : असार १०, २०७९ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?