विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ६२ करोड- प्रदेश १ - कान्तिपुर समाचार

विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ६२ करोड

विनोद भण्डारी

विराटनगर — विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि अनुमानित ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

महानगर उपप्रमुख शिल्पा निराला कार्की शुक्रबार महानगरको १० औं नगर सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गर्दै ।तस्विर–विनोद भण्डारी/कान्तिपुर

महानगर उपप्रमुख शिल्पा निराला कार्कीले शुक्रवार महानगरको १० औं सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त बजेट सार्वजनिक गरेकी हुन । प्रस्तुत बजेट चालु आर्थिक वर्षको भन्दा १ अर्बले न्यून हो ।

प्रस्तुत बजेटमध्ये पूर्वाधार विकासका क्षेत्रमा १ अर्ब ८९ करोड ७१ लाख १७ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ५५ करोड ३५ लाख ५० हजार, आर्थिक विकास क्षेत्रमा २७ करोड ७३ लाख, सामाजिक विकासमा ७८ करोड ३९ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ७ करोड ७७ लाख र वातावरण तथा विपद व्यवस्थापन क्षेत्रकालागि ३ करोड ६० लाख खर्च हुने अनुमान गरिएको छ ।

बजेटले वडास्तरीय योजनाकालागि ४२ करोड ६८ लाख १७ हजार, नगर स्तरीय आयोजनाकालागि ३० करोड, बहुवर्षीय तथा गौरवका आयोजनाका लागि २९ करोड, क्रमागत योजना भुक्तानीका लागि ४० करो, रुडपबाट निर्माण भएकासहितका पक्की सडक मर्मत सम्भारका लागि १४ करोड, अन्य पूर्वाधार निर्माणकालागि ९ करोड ८० लाख, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड ५० लाख र समपुरक कोषकालागि ४ करोड ८० लाख विनियोजन गरेको छ ।

अनुमानित बजेटको स्रोत व्यवस्थापनका लागि महानगरले संघीय सरकार अन्तर सरकारी वित्तिय हस्तान्तरणबाट १ अर्ब २१ करोड ८५ लाख, प्रदेश सरकारबाट ४ करोड ९१ लाख ९७ हजार, राजश्व बाँडफाँडबाट १ अर्ब १३ करोड ९९ लाख ७० हजार, आन्तरिक आय १ अर्ब, जनसहभागीताबाट ८ करोड, अनुदान तथा ऋणबाट १० करोड १९ लाख र संघ सस्थावाट ३ करोड ६० लाख अनुमान गरेको छ ।


प्रकाशित : असार १०, २०७९ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्

थाहा नगरको बजेट : कृषि र पर्यटनमा जोड

सुवास विडारी

मकवानपुर — मकवानपुरको उत्तरी क्षेत्रमा अवस्थित थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम र बजेटमा पर्यटन र कृषिलाई जोड दिएको छ । थाहा नगर पर्यटन र कृषिका लागि प्रख्यात स्थान पनि मानिन्छ ।

थाहाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८ करोड ८४ लाख ७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । शुक्रबारको नगरसभा तथा ११ औं अधिवेशनमा उपमेयर भरत गोपालीले कुल बजेटमध्ये ९ करोड ९७ लाख ५४ हजार रुपैयाँ चालुतर्फ, ५१ करोड ७२ लाख १३ हजार पुँजीगततर्फ, सशर्ततर्फ ३२ करोड १४ लाख ४० हजार रुपैयाँ र सामाजिक सुरक्षातर्फ १५ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

थाहाले खर्च बेहोर्ने स्रोततर्फ आन्तरिक कर तथा राजश्वबाट १९ करोड ७१ लख ५ हजार, राजश्वबाट बाँडफाँटबाट १९ करोड ६८ लाख ८० हजार रुपैयाँ, संघीय सरकारबाट प्राप्त १९ करोड १६ लाख, प्रदेशबाट प्राप्त ५ करोड ५ लाख ८२ हजार रुपैयाँ र सशर्त अनुदानतर्फ प्राप्त हुने ३२ करोड १४ लाख र सामाजिक सुरक्षा भत्तावापत प्राप्त हुने १५ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

बजेटमा कृषिमा आत्मनिर्भर बन्न लघुउद्यम कार्यक्रम सञ्चालन गर्न अनुदान दिइने, सबै वडामा कृषि र पशु प्राविधिकको पहुँच विस्तार, हाट बजार सञ्चालन गर्न अध्ययन गरिने तथा कोसेली घर यसै वर्षबाट सञ्चालनमा ल्याइने उल्लेख छ । उपमेयर गोपालीका अनुसार थाहा नगरलाई दूध, अण्डा र मासुमा आत्मनिर्भर बनाउन थप कार्यक्रम समेत सञ्चालन गरिनेछ ।

बजेटमा भीमफेदी–सिमभन्ज्याङ र सिमभन्ज्याङ–चन्द्रागिरी खण्डमा केवलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने बताइएको छ । ‘पर्यटनमैत्री सार्वजनिक यातायात सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउनेछौं,’ उनले भने । यस्तै सबै क्षेत्र समेटेर तथ्य र तथ्यांकसहितको गुरुयोजना निर्माण गरेर दिगो विकासको अवधारणलाई आत्मसाथ गरिने गोपालीले बताए ।

प्रकाशित : असार १०, २०७९ १४:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×