नालीमा शव भेटियो

काँकडभिट्टा — झापाको गौरादह नगरपालिका–९ बैगुनधुरास्थित सडक छेउको नालीमा डुबेको अवस्थामा एउटा शव भेटिएको छ । 

प्रहरीका अनुसार उक्त शव स्थानीय ४१ वर्षीय बुद्धराम हेमरमको हो । हेमरम बुधबार बिहान काम गर्न भनी घरबाट हिँडेका थिए । बेलुकासम्म घर नफर्किएपछि परिवारले खोलतलास सुरु गरेका थिए ।

उनको शव बिहीबार घर नजिकैको नालीमा जमेको पानीमा फेला परेको थियो । शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ । घटना संकास्पद हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित : असार १०, २०७९ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?