३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पाँचथरको एक विद्यालयमा अभिभावकले लगाए ताला

लक्ष्मी गौतम

पाँचथर — प्रधानाध्यापक नै शैक्षिक वातावरण बिगार्न उद्यत रहेको भन्दै फिदिम नगरपालिका १० को सिद्वदेवी आधारभूत विद्यालय प्रशासनमा अभिभावकले ताला लगाएका छन् ।

पाँचथरको एक विद्यालयमा अभिभावकले लगाए ताला

प्रधानाध्यापक कुसुमहाङ थाम्सुहाङले व्यवस्थापन व्यवस्थापन समिति विघटन गर्नुका साथै पठनपाठनमा प्रत्यक्ष प्रभाव पारेको, आर्थिक अनियमितता गरेको लगायत आरोप लगाउँदै बिहीबार मध्याह्न विद्यालयमा ताला लगाइएको हो । थाम्सुहाङले विद्यालयको रित्त दरबन्दीमा सरुवा भएर आएकी स्थानीय रिता तुम्बापोलाई चार महिनादेखि हाजिर गर्न नदिइ हुकुमी शासन चलाएकाले पनि ताला लगाइएको स्थानीय अविभावक चन्द्र लिम्बूले बताए ।

थाम्सुहाङले भने प्रक्रिया नपुर्‍याई सरुवा भएर आएकाले हाजिर हुन नदिएको प्रतिक्रिया जनाएका छन् । शिक्षिका तुम्बापोलाई कुनै पनि हालतमा हाजिर हुन नदिने थाम्सुहाङको अडान छ । सरुवा भएर आएकी शिक्षिकालाई हाजिर गराउनुको सट्टा विद्यालयको दरबन्दी नै हटाउनुपर्ने थाम्सुहाङको तर्क छ ।

प्रकाशित : असार ९, २०७९ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?